
काठमाडौँ, २३ फागुन ।रियल ड्रिम एजुकेसनल कन्सल्टेन्सीले युके बेस युनिभर्सिटी एप्लिकेसन डे सम्पन्न गरेको छ ।
मार्च ५ तारिका दिन आफनै कार्यालय परिसरमा आयोजित उक्त सेसनमा युकेमा अवस्थित प्रतिष्ठित युनिभर्सिटी तथा शैक्षिक संस्थानको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाकी ब्रान्च म्यानेजर दिव्या महर्जनले उपस्थिती प्रतिनिधिहरुलाई स्वागत गर्नु भएको थियो । त्यस्तै संस्थाका डिरेक्टर बसन्त नेपालले उपस्थित सम्पुर्ण युनिभर्सिटी तथा शैक्षिक संस्थान प्रतिनिधिहरुलाई खादा लगाइ स्वागत गर्दै गरिमामय उपस्थितिका लागी धन्यवाद व्यक्त गर्नु भएको थियो ।
विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको उक्त सेसनमा, युनिभर्सिटी तथा शैक्षिक संस्थानका प्रतिनिधिहरुले आफ्नो युनिभर्सिटीमा उपलब्ध कोर्स, फया्सीलिटीज, अप्लाई प्रोसेस, स्कलरसिप तथा अध्यन पश्चातको विभिन्न अवसरहरुको बारेमा विद्यार्थीहरुलाई परामर्श प्रदान गरिएको थियो ।
सेसनमा अन स्पट एसिसमेन्ट, वोन टु वोन काउन्सीलको तथा आइएलटिएसमा ५० प्रतिशत र इंग्लिस स्किल टेस्टमा ७५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको थियो ।
रियल ड्रिम एजुकेसनल कन्सल्टेन्सीले विगत लामो समय देखि गुणस्तरीय शैक्षिक परामर्शका साथै विभिन्न भाषा तयारी कक्षाहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे