
काठमाडौं, भाद्र १ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कानुनी अपराधमा दोषी ठहर भई जेल सजाय भोगिरहेका एक सय बीस नेपाली नागरिकको बाँकी कैद माफ गर्ने निर्णय गरेको छ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार इस्लाम धर्मावलम्बीको पवित्र पर्व अल अहदाको अवसरमा युएई सरकारले विशेष क्षमादान प्रदान गर्ने निर्णय लिएको हो। यही निर्णयअनुसार नेपालका १२० जना कैदीले बाँकी जेल सजायबाट मुक्ति पाएका छन्।
राजदूतावासले युएई सरकारप्रति आभार व्यक्त गर्दै भनेको छ, “यस मानवीय निर्णयले नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास लिएका छौं।”
यसअघि पनि युएई सरकारले विभिन्न पर्व तथा अवसरमा नेपाली नागरिकहरूलाई क्षमादान दिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे