
काठमाडौँ , १३ माघ । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिएका किशोरीमा ढकारी गाउँपालिका(८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।
उनीहरू शुक्रबार घरबाट गाईबाख्रा चराउन निस्केका तर दिनभरि सम्पर्क विहीन रहेका थिए । उनीहरूको शव शनिबार साँझ ७ बजे फेला परेको प्रहरीले जनाएको छ। उनीहरू कमलबजार घोडासैनस्थित विद्या प्रवर्दनी माविमा कक्षा आठमा अध्ययनरत थिए ।अहिले घटनास्थलको सुरक्षाका लागि प्रहरी टोली खटिनुका साथै घटनाको अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे