
काठमाडौँ, १५ कार्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ का अभियन्तालाई कार्वाही गर्न निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।सोमबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।
जनताको मौलिक हकविरुद्ध ‘आपराधिक काम’को संज्ञा दिई नागरिकहरूलाई धम्की दिएको रिट निवेदकको दाबी छ। रिटमा संविधानको धारा १७ र १९ को वैयक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्थाविपरीत आयोगले अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गरेकी हुन् ।कार्कीको उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटमाथि सुनुवाइ पनि आजै हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे