
काठमाडौँ , पुस ७। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको दुखद निधन भएको छ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार, उनीहरू शनिबारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरू चिप्लिएर लडेर खोलामा बगेका थिए।
शनिबार अपराह्न, खोलामा बगेका ती दुबै जनाका शवहरू साँझमा फेला परेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे