
ललितपुर, १२ चैत । ललितपुर दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार राती ललितपुरको धोलाहिटीमा झडप हुँदा २ युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ज्यान गुमाउनेमा पाँचथरका २८ वर्षीय पुजन राई र सुनसरीका २७ वर्षीय रोबस राई रहेका छन् ।
पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । प्रहरीका अनुसार छुरा प्रहारबाट एकजनाको छातीको छेउमा र अर्कोको तिघ्रामा गहिरो चोट लागेको । घटनामा संलग्न भएको आशंकामा १८ जनालाई धारिलो हतियारसहित पक्राउ गरिएको छ ।
शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे