
काठमाडौँ , १९ फागुन । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ प्रवेश गरेको छ। बाघको आक्रमणमा स्थानीय दुई जना घाइते भएका छन्।
घाइते हुनेमा ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री रहेका छन्। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, बिहान सात बजेतिर बस्तीमा बाघ पसेको सूचना प्राप्त भएको थियो। त्यसपछि फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली तुरुन्तै बस्तीमा परिचालित भएका थिए। उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाटै बस्तीमा प्रवेश गरेको अनुमान गरिएको छ। अहिले बाघलाई जंगलमा फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे