भक्तपुर -भक्तपुरको आदर्श चोक नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको टिपर बिहान एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे