काठमान्डौ , ५ असार -रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको राडीबजारतर्फ आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप सडक भन्दा झण्डै २ सय मिटर तल भेरी नदीको किनारमा खसेको थियो ।
चिसापानी नजिकै जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका ८ का प्रकाश घर्ती र सोही ठाउँका कबिराम विकको मृत्यु भएको प्रहरीले बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे