
काठमान्डौ , १९ असार अफेयर्स नेपालको आयोजनामा काठमाडौंको होटल र्याडिसनमा दुई दिने बृहत् भारतीय शैक्षिक मेला सुरु भएको छ । बिहीवारदेखि सुरु भएको दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको छ ।
एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सका बारेमा जानकारी प्रदान गरियकोथियो। शैक्षिक मेला भब्य सब्य र मर्यादित तबर बाट सम्पन्न भएको आयोजक अफेयर्स एग्जिबिसन एण्ड मिडियाका डाइरेक्टर एण्ड सिइओ बिबेक शुक्लाले जानकारी गराउनु भयो। नेपाली विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।
यो शैक्षिक मेला भारतीय दूतावासको छात्रवृत्ति प्रदान गर्ने बिश्वबिद्यालय र कलेज, नयाँ पाठ्याक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइएको हो। मेलामा तीन हजार विद्यार्थीले अवलोकन गरी भारतमा नाम चलेका विश्वविद्यालयहरुका बारेमा जानकारी लीएको अफेयर्स नेपालका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे