
काठमाडौँ , १५ साउन | बेलायतमा छुरा प्रहार हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बालबालिकाको नृत्य कार्यशालामा चक्कु आक्रमणमा परि दुई बालबालिकाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । जसमध्य ६ जनाको अवस्था गम्भीर रहेको छ।
साउथपोर्टको हार्ट स्ट्रीटमा टेलर स्विफ्ट(थीममा आधारित कार्यक्रममा बच्चाहरूलाई जोगाउन खोज्दा छुरा प्रहार गरेपछि दुई वयस्कहरू पनि गम्भीर अवस्थामा रहेका मर्सीसाइड पुलिसले जनाएको छ ।
ल्याङ्कशायरको बैंक्सका १७ वर्षीय युवकलाई हत्या र हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ । आक्रमणको कारण स्पष्ट भएको छैन । गर्मीका कारण बिद्यालय बन्द हुँदा नृत्य कर्यशालामा आवद्ध भएका ६ देखि १० वर्षसम्मका बालबालिकाकामाथि छुरा प्रहार भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे