बैठकको मूल विषय युक्रेनलाई नाटो जस्तै सुरक्षा ग्यारेन्टी दिन सक्ने सम्भावनामा केन्द्रित रह्यो। ट्रम्पले तत्काल शान्ति सम्झौता सम्भव नभए पनि युद्धकै बीचमा युक्रेनलाई दिगो र बलियो सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनले “शान्ति अब ढिला भए पनि, युक्रेनको सुरक्षामा ढिलाइ हुनु हुँदैन” भन्ने अभिव्यक्ति दिएका थिए।
अर्को महत्त्वपूर्ण छलफल भनेको जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेट सम्भावना थियो। यसका लागि स्थायी त्रिपक्षीय सम्मेलन (ट्राइलाटरल समिट) आयोजना गर्ने विषयमा प्रारम्भिक सहमति भएको बताइएको छ।
राष्ट्रपति जेलेन्स्कीले “यथार्थमा आधारित समर्थन” आवश्यक रहेको बताउँदै युरोपेली मित्र राष्ट्रहरूसँग व्यावहारिक सहयोगको आग्रह गरे। युरोपेली नेताहरूले भने एकमत भई शान्ति प्रक्रियामा साथ दिने प्रतिवद्धता जनाएका छन्।
अन्तर्राष्ट्रिय समुदायले यो बैठकलाई वैश्विक कूटनीतिक पहलको नयाँ सुरुवातका रूपमा हेरिरहेको छ। राजनीतिक विश्लेषकहरूले यो छलफलले युक्रेन–रुस युद्धको भविष्यमाथि गहिरो असर पार्ने बताएका छन्।








