
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरे, जसले दुई देशबीचको सम्बन्ध झनै तनावपूर्ण बनाएको छ। पदभार ग्रहण गरेपछि ट्रम्पले क्यानडामाथि बारम्बार अमेरिकाको फाइदा उठाएको आरोप लगाउँदै आएका थिए।
यो निर्णयले क्यानडामा अमेरिकीविरोधी भावना बढाएको छ र क्यानडालाई वैकल्पिक व्यापार साझेदार खोज्न प्रेरित गरेको छ। हाल क्यानडा र अमेरिका जुलाई २१ भित्र व्यापार सम्झौता गर्न वार्तामा छन्, तर ट्रम्पको पछिल्लो चेतावनीले उक्त समयसीमा प्रभावित हुने देखिन्छ।
त्यसैबेला, ट्रम्पले अमेरिका–मेक्सिको सम्बन्धमा केही सहजता देखाएका छन्। उनले मेक्सिकोमाथि तत्काल भारी शुल्क नलगाउने घोषणा गर्दै दुबै देशले आगामी ९० दिनभित्र व्यापार सम्झौताको विषयमा कुराकानी गर्न सहमति जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे