
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय विभाग र आंगीक क्याम्पसहरूका लागि नयाँ विज्ञापन खुलाएको छ। विभिन्न संकायहरूका लागि ३ सय ४८ जना उपप्राध्यापकको माग गरिएको छ। त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धा मार्फत ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ ।
त्यसपछि कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ । भदौ २९ देखि कात्तिक १२ गतेसम्म फारम भर्ने मिति रहेको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे