
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन भएपछि एकैदिन करिब नौ हजार नेपालीले देश छाडेका छन् । बिहीबार साँझ साढे ६ बजेसम्म मात्रै ५,३१५ जनाले प्रस्थान गरेका र ५,६१८ जना भित्रिएका अध्यागमन कार्यालयले जनाएको छ ।
अध्यागमन कार्यालयका निर्देशक टीकाराम ढकालका अनुसार मध्यरातसम्म विदेश जाने टिकट लिएर करिब नौ हजार यात्रु तयारी अवस्थामा थिए । लामो समयपछि नियमित उडान खुलेसँगै वैदेशिक रोजगारी र व्यक्तिगत प्रयोजनका लागि यात्रुहरूको चाप उल्लेख्य रूपमा बढेको देखिएको छ ।
यात्रु संख्यामा आएको एक्कासी वृद्धि नेपालमा कामकाजी अवसर र सुरक्षासम्बन्धी अवस्थाप्रति गम्भीर प्रश्न खडा भएको विश्लेषणसमेत गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे