
काठमाडौँ, मङ्सिर २८ । नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ। बिहीबार सार्वजनिक गरिएको सूचनामा प्रहरीले यसका जिम्मेवारीहरू समेत सार्वजनिक गरेको छ।
लुम्बिनी प्रदेशमा डिआइजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ। यस्तै, भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।
गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार, बढुवा भएका ८ जना डिआइजीहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ। सिद्धिविक्रम शाहलाई विशेष ब्युरोमा पदस्थापन गरिएको छ भने, कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा स्थानान्तरण गरिएको छ।
यसैगरी, डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा, हिमाल कुमार श्रेष्ठलाई अख्तियारमा र उमाप्रसाद चतुर्वेदीलाई प्रधान कार्यालयको महिला, बालबालिका र ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ। रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे