
काठमाडौँ , १४ जेठ । ट्रेड टावर लिमिटेडको आइपिओ आज ९बुधबार० देखि निष्कासन तथा बिक्री खुला भएको छ। यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९।३० कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४।६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३।८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।
न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।यस कम्पनीले हाउजिङ तथा होटलसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । लक्ष्मी सनराइज क्यापिटलले सेयर बिक्री प्रबन्धन गर्नेछ। लगानीकर्ताले सी(आस्बा प्रणाली मार्फत अनलाइन आवेदन गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे