
काठमाडौँ — नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी कारागार फर्किन तयार भएको बताएका छन्। पुर्पक्षका लागि हालैसम्म कारागारमा रहेका रायमाझी मंगलबार राति केही कैदीहरू मिलेर गरिएको हुलहुज्जतको दौरान भागेका थिए। तर उनले सुरक्षा निकायलाई फोनमार्फत जानकारी दिँदै पुनः कारागार फर्किने बताएका छन्।
त्यसैगरी, मंगलबार सुन्धारास्थित कारागारबाट सुन तस्करी र हत्या मुद्दामा दोषी ठहर भएका चूडामणि उप्रेती उर्फ गोरे पनि फरार भएका छन्। कारागार स्रोतका अनुसार, गोरेसँगै अन्य कैदीहरू पनि भागेका छन्। गोरे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेकाले उनलाई जन्मकैदको सजाय सुनाइएको थियो।
सम्बन्धित निकायहरूले फरार कैदीहरूलाई पक्रनका लागि खोजी कार्य तीव्र बनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे