
काठमाडौं — नेपालमा हाल मनसुन सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको र अरब सागर तथा बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको असरका कारण मौसम बदली भएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। दिउँसो बागमती, लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली रहनेछ भने बाँकी ठाउँमा आंशिक बदली हुनेछ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा र एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण पहिरो, खोला–नालामा पानीको बहाव बढ्ने, र यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले मौसम विभागले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे