
काठमाडौं, भदौ २ – हाल नेपालमा मनसुन सामान्यभन्दा कमजोर अवस्थामा छ, किनभने मनसुनको रेखा सामान्यभन्दा दक्षिणतिर छ। तर, बंगालको खाडीबाट आउने भिजेको हावा भने लगातार आइरहेको छ, जसको असरले केही स्थानमा भारी वर्षा हुन सक्छ भनी मौसम विभागले जनाएको छ।
आज दिउँसो देशभर बादल लाग्नेछ। कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुन सक्छ। लुम्बिनीको तराई र बागमतीको पहाडी क्षेत्रमा कतैकतै भारी वर्षा पनि हुन सक्छ।
आज राति कोशी र मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा बढी बादल देखिनेछ भने बाँकी क्षेत्रमा केही बादल रहनेछ। कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका केही पहाडी र तराई भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
यसैले, ती क्षेत्रका बासिन्दाहरू सतर्क रहन मौसम विभागले सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे