
काठमाडौँ, साउन ३०। – मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सरेसँगै देशभर मनसुन कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिमलगायत पहाडी भागमा सामान्य बदली रहनेछ भने बाँकी ठाउँमा आंशिक बदली हुनेछ। पहाडी र केही तराई क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा वर्षा हुन सक्छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र डेब्रिज फ्लो (गेग्रान बहाव)को जोखिम रहने, खोलानालामा पानीको सतह बढ्ने र यातायात प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै, पूर्वतयारी राख्न समेत नागरिक र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे