
काठमाडौँ । हाल मनसुनको प्रभाव नेपालमा सक्रिय रहेको छ र यसको कारण तराई नजिक मनसुनको न्यूनचापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने देशका पहाडी भूभागका धेरै ठाउँ र मधेस तथा अन्य प्रदेशका केही तराई क्षेत्रहरूमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पहाडी भागमा एकदुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।
आज राति देशभर पूर्ण बदली रहनेछ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागमा मध्यम वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना छ। विशेष गरी मधेस, कोशी र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि एकदुई स्थानमा भारी वर्षा हुनसक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे