
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेश तथा अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।
आज राति कोशी प्रदेशलगायत पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशीको तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम बुलेटिनअनुसार आज मौसम आंशिक अस्थिर रहने पूर्वानुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे