
काठमाडौँ — हाल देशभर मनसुन सक्रिय भएको छ। मनसुनको रेखा सामान्यभन्दा अलि उत्तरतिर भएकाले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै ठाउँमा बादलसँगै मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।
यी प्रदेशका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। उचाइमा पर्ने पहाडी र हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्छ।
आज राति देशभर आकाश सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा र अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।
कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा भएकाले विभागले सतर्क रहन आग्रह गरेको छ। त्यहाँ थप वर्षा हुने सम्भावना रहेकाले साना खोलामा पानीको बहाव एक्कासि बढ्न सक्छ र भिरालो जमिनमा पहिरोको खतरा रहन सक्छ।
यस्तै, इलामको कन्काई नदीमा जलसतह सतर्कता स्तर नाघेकाले डुबान हुने होचा भूभागमा बस्नेहरुलाई दिउँसोसम्म विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे