
काठमाडौँ, ९ जेठ — देशमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ, भने अन्य स्थानमा मौसम सफा रहनेछ।
उक्त प्रदेशका केही स्थान र अन्य पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुनसक्नेछ।
आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भागहरूमा आंशिक बदली रहन सक्नेछ भने अन्य भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। मौसमको परिवर्तनप्रति सतर्कता अपनाउन सुझाव दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे