
काठमाडौँ, १ जेठ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको जनाएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक प्रभाव पारेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली छ। पहाडी क्षेत्रहरूमा मौसम आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा वा हल्का बदली रहेको जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हाल चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का वर्षासहित हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे