
काठमाडौं — अहिले मनसुन सक्रिय रहेकाले नेपालभर मौसम बदली भइरहेको छ। अरब सागर र बंगालको खाडीबाट आएको भिजेको हावाको असरका कारण आज देशका धेरै भागमा बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा केही तराई भूभागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
आज राति पनि देशभर बादल लाग्नेछ र केही ठाउँमा वर्षा हुने अनुमान छ। विशेष गरी कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा भारी पानी पर्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
वर्षाका कारण पहिरो, बाढी वा आवागमनमा असर पर्न सक्ने भएकाले यात्रा गर्दा वा नदी–नालाको आसपासमा रहँदा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे