
>काठमाडौँ । हाल मनसुनको प्रभाव देशभर देखिँदैछ। जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले मनसुनको रेखा सामान्यभन्दा दक्षिणतिर भएकाले पहाडी क्षेत्रमा सामान्य बादल लाग्नेछ भने बाँकी ठाउँमा आंशिक बादल रहनेछ।
देशका पहाडी ठाउँका केही भागमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ। कोशी, मधेश र बागमती प्रदेशमा पनि यस्तै मौसम रहनेछ। कोशी प्रदेशका केही तराई र पहाडी ठाउँमा भारी पानी पर्ने सम्भावना भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे