
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सामान्य स्थानमा रहेकाले र पश्चिममा केही दक्षिणतिर सरेकाले पूर्वी नेपालमा वर्षाको असर देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो देशका पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहनेछ।
कोशी र कर्णाली प्रदेशका पहाडी ठाउँमा भारी वर्षाको सम्भावना छ, भने अन्य धेरै स्थानमा मध्यम वर्षा हुन सक्छ। रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुनसक्नेछ।
वर्षासँगै पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो), र खोलानालामा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै विभागले सतर्क रहन र आवश्यक तयारी गर्न आग्रह गरेको छ। यातायात र आवागमनमा पनि असर पर्नसक्ने चेतावनी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे