
काठमाडौँ, कात्तिक २९ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो । सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे