
काठमाडौँ, १९ भाद्र ।प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । आजको दिन कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास रहेको छ । कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।
यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ ।यो नेपालकै ठूलो कागको मूर्ति हो ।
यस पर्वका अवसरमा आज कागेश्वरी मनोहरा नगरपालिका–१ ले सार्वजनिक बिदा दिएको छ ।यहाँ लाग्ने मेलामा तामाङ र नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ ।मेला हेर्न र मेला भर्नका लागि काठमाडौँ ,भक्तmपुर,ललितपुरका साथै नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने यो मन्दिर नेपालकै ठूलो कागको मूर्ति हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे