
काठमाडौं , ७ वैशाख | “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ” अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् । आज आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ । हरेक सन्तानले आमाप्रति श्रद्धा, भक्ति र आदरका साथ उनीहरुबाट गर्ने आशीर्वाद थाप्ने चलन रहेको छ ।
आजका दिन आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा खानेकुरा खान दिने प्रचलन रहेको छ । आमा नहुनेहरुले भने आमालाई तर्पण र पिण्ड दिने गर्दछन् । आजका दिन मातातीर्थमा आज मेला लाग्ने गर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे