
काठमाडौँ । उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अब लामो दूरीका सार्वजनिक सवारी साधनले केवल तोकिएको बसपार्कबाट मात्र यात्रु चढाउने र ओर्लाउन सक्नेछन्। पछिल्ला दिनमा सडक किनारमा यात्रु चढाउने–ओर्लाउने कारण जाम बढ्दै गएको थियो।
साथै, लामो दूरीका गाडीको अनुमति पत्र र मार्गसमेत पुनरावलोकन गर्न ट्राफिक कार्यालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ। सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा दिइँदैछ।
सवारी चालक र यात्रु दुबैको सहजताको लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा आएको छ। नयाँ नियम लागू भएपछि अव्यवस्थित पार्किङ र रोकावट घट्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ, जसले उपत्यकामा आवागमन सजिलो हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे