
काठमाडौँ , असोज २२ | कोमल वली दाङको निर्वाचन क्षेत्र नम्बर ३ को बाट चुनाव लड्ने भएकी छिन्।
२०७४ को निर्वाचनमा पनि दाङको निर्वाचन क्षेत्र नम्बर ३ चुनाव लड्ने तयारी गरेकी नेकपा एमालेकी कोमल वलीलाई पार्टीले टिकट दिइएन्। टिकट नदिए पनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।
तर यसपालि उनलाई निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ। एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने भएको छ।
दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले चुनाव लड्ने भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे