
भक्तपुर , २३ असोज । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो ।
यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठकाे पनि यस क्षेत्रमा दाबी थियो । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो ।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । तर, एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेललाई झिनो मतान्तरणले पराजित गरी विजयी भएका थिए ।
यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ । तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ ।
यस हिसाबले राष्टिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ ।राजधानी दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे