
काठमाडौँ । तिब्बतमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रिक्टर स्केलमा यसको तीव्रता ६.८ मापन गरिएको छ । चीनको सरकारी मिडियाका अनुसार अहिलेसम्म ९५ जनाको ज्यान गएको छ भने करिब १३० जना घाइते भएका छन् ।
मङ्गलबार बिहान करिब ९ बजेर ५ मिनेटमा तिब्बतको डिङ्ग्री काउन्टी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु २८ दशमलव ५ डिग्री उत्तर अक्षांश र ८७ दशमलव ४५ डिग्री पूर्वी देशान्तर रहेको थियो । यो जमिनबाट १० किलोमिटर गहिराइमा थियो। नेपालमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे