शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले विमानस्थलमा यात्रुहरूप्रति हुने व्यवहार ‘जसरी पनि ठगिने वस्तु’ जस्तो भएको भन्दै आपत्ति जनाए । उनले विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुले पाउन नसक्ने अवस्था समाप्त गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
ढकालले विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको ‘एकल शासन’ जस्तो अवस्था देखिएको भन्दै यसले सेवा गुणस्तरमा नकारात्मक असर पारेको आरोप लगाए । उनका अनुसार विमानस्थलको व्यवस्थापन अस्तव्यस्त छ र यात्रुहरूको सुविधा तथा सम्मान सुनिश्चित गर्ने कुनै प्रभावकारी कदम देखिएको छैन ।
उनले अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुधार, व्यवस्थापन पारदर्शिता र यात्रु मैत्री प्रणाली लागू गर्न तत्काल पहल गर्न सरकारलाई आग्रह गरे ।








