
काठमाडौँ, वैशाख ११ |थ्रीस्टार हाइड्रोपावरको आजदेखि साधारण सेयर(आईपिओ) बिक्री खुला भएको छ । कम्पनीले दुईचरण गरि आईपिओ निष्काशन गरेको छ ।पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको थियो।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ताको लागि आवेदन दिन सक्नेछन्को लागि आवेदन दिन सक्नेछन् ।
यस्तै कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयर निष्कासन गर्नेछ ।आवेदनकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे