
जाजरकोट – गएराति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ जाँदै गरेको यती विल्डर्सको टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। रा १ क १५०१ नम्बरको उक्त टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो।
इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरूको अवस्था हालसम्म अज्ञात छ। बेपत्ताको खोजीका लागि जाजरकोट र रुकुमपश्चिमबाट प्रहरी टोली खटिएको छ। तर, भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भएको छ। उक्त टिप्पर सडकदेखि करिब दुई सय मिटर तल भेरी नदिमा खसेको प्रहरीको भनाइ रहेको छ ।
बेपत्ता हुनेहरु टिप्पर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय चालक मनिराम चौधरी, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बराईली र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे