
काठमाडौँ । उत्तर प्रदेशको बलरामपुर जिल्लामा एउटा यात्रुवाहक बस ट्रकसँग ठोक्किएपछि भएको ठूलो सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बसमा आगो लागेको छ। सोमबार राति भएको यो घटनामा सोनौलीबाट दिल्ली जाँदै गरेका सबै यात्रु नेपाली नागरिक थिए। यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् ।
बस करिब १०० मिटरसम्म घिस्रिँदै गएर हाइटेन्सन लाइनको बिजुलीको खम्बासँग ठोक्किएको थियो । खम्बा भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र आगो लागेको भारतीय मिडियाहरूले जनाएका छन् । मृतक तीन जनाको पहिचान हुन बाँकी छ।
घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई लखनऊ अस्पताल लगिएको छ। सामान्य घाइते भएकाहरूलाई नेपाल र दिल्ली पठाइँएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे