
कैलाली , ३ चैत । कैलालीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीका मीना खड्का, उहाँकी छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी घाइते भएका हुन ।
उहाँहरू तीनै जनाको धनगढीकै विसर्ग अस्पतालमा उपचार भइरहेको छ । जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किाँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे