
काठमाडौँ । जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । साथै, प्रत्येक मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे