• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

५९ मिनेट अघि
२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

१ घण्टा अघि
३

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

३ घण्टा अघि
४

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

५ घण्टा अघि
५

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

५ घण्टा अघि
६

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

६ घण्टा अघि
७

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

७ घण्टा अघि
८

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

७ घण्टा अघि
९

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

७ घण्टा अघि
१०

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

७ घण्टा अघि
११

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

७ घण्टा अघि
१२

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ चैत्र १३, सोमबार (२ साल अघि)

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

Culture ,Bhaktpur

  • 2,482 Views
  • भक्तपुर, चैत १३  । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।

    नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ ।

    टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरू पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिने छ ।

    रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ । उहाँले भन्नुभयो, “रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गरिएको छ, ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ, गत वर्ष दुई लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

    पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने बिना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ । यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवम् ज्यालालगायत रु २५ लाख बजेट रहेको उहाँले जानकारी दिनुभयो । २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याँगा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

    लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

    सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्‍याई रथ फर्काउने प्रचलन छ । नयाँ वर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ ।

    विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको बताइन्छ ।

    रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पुर्‍याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पुर्‍याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन रहेको हो ।

    रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा छ भैरव नाइके, पाँच चौगुठी र दुईजना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउनुभयो । वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् ।

    त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    ५९ मिनेट अघि

  • २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    १ घण्टा अघि

  • ३

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    ३ घण्टा अघि

  • ४

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    ५ घण्टा अघि

  • ५

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    ५ घण्टा अघि

  • ६

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    ६ घण्टा अघि

  • ७

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ७ घण्टा अघि

  • ८

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ७ घण्टा अघि

  • ९

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ७ घण्टा अघि

  • १०

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution