
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकार, सरकारले पोषित व्यक्ति र केही मिडियाले एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा यातायात श्रमिक र व्यवसायीको भेलालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न केपी ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइएको छ। यस धर्तीमा केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने कोही छैन।’
उनले ऊर्जामन्त्री कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेको भए पनि एमालेको टोलीले बाटो बन्द नगर्न भनेको बताए। ‘महाधिवेशन भाँड्न खोज्ने हो भने एमालेका हजारौं कार्यकर्ता र भोलन्टियर बाटो खोल्छन्,’ बस्नेतले चेतावनी दिए।
बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार कमजोर भएको भन्दै, महाधिवेशनपछि यो सरकार ढल्ने दाबी गरे। उनले विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई आफ्ना योजना पूरा गर्न उकास्न नहुने चेतावनी पनि दिएका छन्। उनले फेरि एमालेले बहुमत ल्याएर सरकार बनाउने र केपी ओलीलाई प्रधानमन्त्री बनाउने आत्मविश्वास व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे