
काठमाडौँ , २६ भाद्र| सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहिन टुंगिएको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बसेको थियो । तर सिट बाँडफाँटबारे कुनै निष्कर्षविना नै बैठक सकियो ।
बैठक भोलि बिहान ८ बजे पुनः बस्ने नेताहरूले बताएका छन् ।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शीर्ष नेताको बैठकमा सहमति हुन नसकेको जानकारी दिए ।
उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे