
काठमाडौं , १३ वैशाख। नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगि गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै एक युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले जारी गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
ब्युरोले फेसबुकमा अश्लील सामग्री प्रकाशन गरेको विषयमा ब्युरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उनलाई वीर अस्पताल लागिएको बताएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे