
काठमाडौँ , १४ असोज | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।आज शुक्रबार काठमाडौंको चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई पेलेर एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा यो पक्ष्य असन्तुष्ट छन् । उनले भने, ‘पार्टीभित्र शुद्धिकरण आवश्यक छ, त्यसका लागि विद्रोह गर्नुपर्ने अवस्था आएको छ ।’
अब लागि पार्टीमा नयाँ विद्रोहको आवश्यकता भइसकेको पनि थापाले बताए ।
काँग्रेस पार्टीभित्र ठूलो असन्तुष्टि रहेकाले नयाँ विद्रोह र पार्टीभित्र ठूलो शुद्धीकरणको खाँचो रहेको उनलृ बताए ।तेस्तै अब राजनीति गर्ने १० वर्षमात्र बाँकी रहेकाले कार्यकर्ताहरुलाई निराश नबनाउने भरोसा समेत दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे