
काठमाडौँ, असोज १६ । चालु आर्थिक वर्ष २०८१ र ८२ मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ ।
हालसालै आएको बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएको अवस्थामा विषयलाई विश्लेषण नगरी निकालिएको ९नेपाल डेभलपमेन्ट अपडेट० प्रतिवेदनले मुख्यतः कृषि, पर्यटन तथा विद्युत उत्पादनमा देखिएको सुधारलाई आधार मानेर ५।१ प्रतिशतको वृद्धिदरको प्रक्षेपण गरेको हो। विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यसवर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो। आर्थिक वर्ष २०८१र०८२ ९सन् २०२५० मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको भएपनि विश्व बैंकले ०।९ प्रतिशत कम ५।१ प्रतिशतको अनुमान गरेको छ।
सरकारले यो वर्ष औसत मूल्य वृद्धिदर ५।५ प्रतिशतमा कायम राखेको छ तर विश्व बैंकले मूल्य वृद्धिदर ५ प्रतिशतमा सीमित रहने बताइएको छ। विश्व बैंकले यो वर्ष भने उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिमा सुधार हुने बताएको हो।तर, हालसालैको बाढीको कारण धानबालीमा धेरै क्षति पुगेको छ। प्रतिवेदनमा अर्थतन्त्रका विभिन्न जोखिमहरू पहिचान गरिएको छ।
यसमा वित्तीय प्रणालीमा उच्च जोखिमको रूपमा निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जाको प्रभाव, नीतिगत अनिश्चितताले लगानीमा पार्ने नकारात्मक असर, पूर्वाधार विकासमा पूँजीगत खर्चको कार्यान्वयनमा हुने सम्भावित ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोधले पर्यटन र आन्तरिक मागमा पर्ने प्रभावका जोखिमहरू समावेश छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे