
काठमाडौँ , ४ मसिर । नेपाली बजारमा आज ( मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो। हिजो तुलनामा आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएकोमा आज ३५ रूपैयाँ बढेर एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे