
काठमाडौँ , ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०बाट अलग भएको घोषणा गरेका छन् । यो आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका डब्लूएचओबाट अलग भएको छ । योसँगै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग पनि रोकिनेछ ।ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना गर्दै आएका छन् ।
ट्रम्पले भनेका छन्, ‘यो एउटा ठूलो निर्णय हो ।’ ट्रम्पले अन्य देशको तुलनामा डब्लूएचओका लागि अमेरिकाले अनुचित मूल्य चुकाउनु परेको टिप्पणी गरेका छन् । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बने लगत्तै क्यापिटल हिल दङ्गामा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिएका छन्। ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दङ्गामा संलग्न करिब १५ सय भन्दा बढी समर्थकहरूलाई माफी दिने आदेश जारी गरेका हुन्।
उनले न्याय विभागद्वारा गरिएको अहिलेसम्मकै सबैभन्दा ठुलो अनुसन्धान र अभियोजन अन्त्य गर्ने प्रयास पनि गरे। गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दङ्गा र अराजकता मच्चाएका थिए। अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे